घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी

Everest Fuji News २०८१ असार २६ मा प्रकाशित       Published at 2024 Jul 09


घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ । 

हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । जिम्बावेका वेस्ले मेधेवेरेले सर्वाधिक ४३ रन बनाए । भारतका मुकेश कुमार र आवेश खानले ३÷३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय ३४ रन बनाएका थिए । योसँगै ५ खेलको शृङखला १÷१ को अवस्थामा पुगेको छ । पहिलो खेल जिम्बावेले जितेको थियो । तेस्रो खेल आउँदो बुधवार, चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आउँदो आइतवार हुनेछ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.