अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टी–२० विश्वकप २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ ।
उपाधि विजेता भारतीय टोलीका ६ जना खेलाडी आईसीसी टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका छन् । भारतबाट कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, अक्षर पटेल, जसप्रीत बुमराह र अर्शदीप सिंह रहेका छन् । रोहितले प्रतियोगिताभरि ३ अर्धशतकसहित २ सय ५७ रन बनाएका थिए । यस्तै सूर्यकुमारले २ अर्धशतकसहित १ सय ९९ रन, हार्दिकले १ सय ४४ रन र ११ विकेट, अक्षरले ९२ रन र ९ विकेट, बुमराहले १५ विकेट र अर्शदीपले १७ विकेट लिएका थिए । यसैगरी ’टिम अफ द टुर्नामेन्ट’ मा अफगानिस्तानका रहमनुल्लाह गुरबाज, वेस्ट इन्डिजका निकोलस पूरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस, अफगानिस्तानका राशिद खान र फजलहक फरूकी तथा १२ औँ सदस्यका रूपमा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे रहेका छन् ।।