आईसीसी टी–२० विश्वकपको दोस्रो चरणको खेलमा आज समूह ‘ए’ का भारत र अफगानिस्तान खेल्दैछन् ।
बारबाडोसमा रहेको केनसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । भारत समुह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्द भएपछि समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेर समूह ‘सी’ मा दोस्रो हुँदै अर्को चरणमा पुगेको हो । यो समूहमा बङ्गलादेश र अस्ट्रेलिया पनि रहेका छन् ।।