युरो कप फुटबलमा आज तीन खेल हुँदैछ । आजको पहिलो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्ड्स, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क, राति पौने १ बजे सर्विया र इंग्ल्यान्ड खेल्दैछन् ।
यसअघि स्पेन, इटाली, स्विट्जरल्यान्ड र आयोजक जर्मनीले विजयी शुरुवात गरेका छन् । गए राति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–०, इटालीले अल्वानियालाई २–१ र हिजो बेलुका भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ गोलले हराएको हो । जितसँगै समूह ’ए’ को स्विट्जरल्यान्डको तीन अंक भएको छ । यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई हराउँदै विजयी शुरुवात गरेको थियो । उसको पनि तीन अंक नै रहेको छ । त्यस्तै समूह ’बी’ का स्पेन साविक विजेता इटालीको पनि समान तीन अंक भएको छ । जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरो कप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई छ वटा समूहमा विभाजन गरिएको छ ।।