टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित

Everest Fuji News २०८१ बैशाख २४ मा प्रकाशित       Published at 2024 May 06


टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि प्रारम्भिक व्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ५१ रन बनाए । त्यस्तै, अनिल साहले ५८ रन जोडे। नेपालका लागि कुशल मल्लले ३७ र कुशल भुर्तेलले १३ रन बनाए । वेस्ट इन्डिजका लागि ओबेड म्याक्वेले तीन र म्याथ्यु फोर्डले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेटको क्षतिमा १७२ रन बनाएको थियो। वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो । नेपाल त्यसपछिको दोस्रो खेलमा १० रन, तेस्रो खेलमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.