काठमाडौँ/
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख २२ गतेदेखि ललितपुरमा एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुने भएको छ ।
एन्फाले बिहीबार ललितपुरमा पत्रकार स्म्मेलन गर्दै बैंशाख २२ देखि जेठ ५ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा अन्तर कलेज फुटसल च्याम्पियनसिप हुने जानकारी गराएको हो । प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख तथा मोस्ट भ्यालुएबल प्लेअरलाई रु ५० हजार प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार प्राप्त गर्ने उहाले बताउनुभयो । प्रतियोगीताका लागि कुल १६ वटा कलेजले सहभागीता जनाउनका लागि टिम दर्ता गराएको भन्दै प्रवक्ता शाहले लिग कम नकआउट आधारमा खेलहरु खेलाइने बताउनुभयो ।प्रतियोगिताको बजेट कुल ३० लाख रहेको एन्फाले जनाएको छ ।