आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स खेल्दै

Everest Fuji News २०८१ बैशाख ११ मा प्रकाशित       Published at 2024 Apr 23


आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् ।

खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ९ विकेटले हराएको छ । मुम्बईले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको राजस्थानले १८ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले शतक बनाए । उनले सर्वाधिक एक सय ४ रन जोडे । मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले सर्वाधिक ६५ रन बनाए । राजस्थानका सन्दीप शर्माले ५ विकेट लिए । ८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अङ्क छ । समान खेलमा ३ मा जित र ५ मा हार व्यहोरेको मुम्बई ६ अङ्कका साथ सातौँ स्थानमा रहेको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.