नेपालद्वारा बरोडा पराजित

Everest Fuji News २०८० चैत्र २० मा प्रकाशित       Published at 2024 Apr 02




 नेपालले बरोडालाई २७ रनले पराजित गरेको छ। निर्धारित ओभरमा अलआउट हुँदै बरोडाले १२९ रनमात्र बनाएपछि नेपाल २७ रनले विजयी भएको हो।

बरोडाका लागि भानु पानियाले सर्वाधिक ३८ रन बनाए। त्यस्तै बाबा खानले २७, विष्णु सोलंकीले २५ र अमित पासीले १४ रन बनाए।

त्यसअघि नेपालले बरोडालाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतको गुजरातस्थित भापीमा भइरहेको टी(२० फ्रेन्डसीप प्रतियोगिताअन्तर्गत नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.