काठमाडौं /
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ। नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो।नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। करण केसीले ८ रन दिएर एक विकेट लिए।योसँगै नेपालले पहिलो खेलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भएको छ।सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँगै २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो ।
नेपालका लागि कुशल मल्लले अविजित ५५ रनको योगदान गरे। आरिफ शेखले ३१, गुल्सन झा २६, अनिल साह २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो।
नामिबियालाई रोक्ने क्रममा नेपालका करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए भने अविनाश बोहराले एक विकेट खसाले।