त्रिदेशीय टी–ट्वेन्टी श्रृंखला अन्तर्गत भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित

Everest Fuji News २०८० फाल्गुन १५ मा प्रकाशित       Published at 2024 Feb 27


काठमाडौं /

 त्रिदेशीय टी–ट्वेन्टी श्रृंखला अन्तर्गत भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको लेखेमा टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित ओभरमा चार विकेटको क्षतिमा २०६ रन बनाएको थियो । २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा १८६ रनमा अलआउट हुँदा नामिबियाले श्रृंखलाको विजयी सुरुवात ग¥यो ।

नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानबाट एलबिडब्लू भई शून्य रनमा आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रन मात्रै जोड्न सके । कप्तान रोहित पौडेलले २४ बलमा ४२ रनको योगदान गर्दा कुशल मल्लले ३२ रन जोडे ।

गुल्सन झा १२ रन जोडेर आउट भए भने सन्दीप जोराले ५ रन मात्र जोड्न सके । विवेक यादव पनि ६ रनमै आउट हुँदा सोमपाल कामीले २६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाउँदा अबिनाश बोहरा शून्य रनमा बोल्ड आउट भए ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.