नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेटको दोस्रो खेल आज हुँदै

Everest Fuji News २०८० माघ २७ मा प्रकाशित       Published at 2024 Feb 10


काठमाडौं /

नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेटको दोस्रो खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरू हुने खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्ने लक्ष्य राखेको छ।

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्दैछन्। नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना गरेको सिरिज खेल्न क्यानडाको टीम नेपाल आएको हो।

पहिलो खेलमा कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको थियो। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८।५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन ओभर फालेका थिए। त्यस्तै ललित राजबंशी २ र सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक(एक विकेट लिए। २२५ रनको विजय लक्ष्य पाएको क्यानडाले सुरुवातदेखि नेपालालई दबाबमा राखेको थियो। नेपाल ३ खेलको शृंखलामा १(० अंकले अगाडि छ। तेस्रो खेल सोमबार हुनेछ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.