थ्री स्टारलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलोपटक रारा पोखरा गोल्डकपको उपाधि जित्न सफल

Everest Fuji News २०८० माघ २३ मा प्रकाशित       Published at 2024 Feb 06


काठमाडौं /

२३औं आहा रारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मीले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्री स्टारलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलोपटक उपाधि जित्न सफल भएको हो।

आर्मीलाई उपाधि दिलाउन जितेस्पीजंग कार्कीले खेलको ३८औं मिनेट, फत्तेमान घलेले ८३औं मिनेट र वसन्त जिम्वाले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए। जितसँगै आर्मीले १२ लाख एक हजार नगद पुरस्कार जितेको छ भने उपविजेतामा चित्त बुझाएको थ्रीस्टारले ६ लाख एक हजार प्राप्त गर्‍यो। सहारा क्लब पोखराको अयोजनामा सम्पन्न प्रतियोगितामा एक विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.