काठमाडौँ /
जापानले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेको छ।
नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज (सोमवार) नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेका छन काठमाडौँस्थित जापानी राजदूतावासमा भएको कार्यक्रममा सो पोशाक हस्तान्तरण गरिएको थियो।
जापानको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत अखिल जापान जुडो महासंघ र गैरनाफामूलक संस्था जुडोजले जुडो पोशाक उपलब्ध गराएको हो। नेपालमा जुडोको प्रवर्द्धन गर्ने लक्ष्य छ।
यस अवसरमा राजदूत किकुताले जुडोको दैनिक अभ्यासबाट युवा जुडो खेलाडीहरूले जुडोमा सीप मात्रै नभई स्वस्थ शरीर र अदम्य मनोभावका साथै शिष्टाचार पनि सिक्नेमा जोड दिए। त्यसैले जुडोले युवाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनको विश्वास छ।
आज हस्तान्तरण गरिएको जुडो पोशाकले नेपाली जुडो प्रेमीहरूको उत्साहलाई बढावा दिनुका साथै नेपालको भविष्यका रूपमा रहेका नेपाली युवाहरूको स्वस्थ विकासमा सकारात्मक भूमिका खेल्ने अपेक्षा जापानी दूतावासले गरेको छ।