नेपाली दर्शक र मिडिया कर्मी जब सुइदोवासीको टोक्यो दोम हलमा पुगे , मोहन ड्रागनको प्रतियोगिता हेर्न सबै आतुर थिए ।
जब उनी खेले नपत्यारिलो किसिमले ४० सेकेण्डमै नक आउट गर्दै उनी भन्दा कान्छो होक्काइदोका जापानी खेलाडी लाई सजिलै ६७ के जी तौल समुहका जापानी लाइ हराएपछि मोहन खुशीले उत्साहजनक रुपले उफ्रे र चारै दिशाका दर्शकलाई अभिवादन गर्दै जापानीज तरिकाले आभार व्यक्त गरे ।
मोहनले सबै दर्शकलाई अचम्मित एबम आस्चर्य चकित पारे कि उनी यति छिटो विजय हासिल गर्दा त्यहा एउटा सपना जस्तै लाग्दथ्यो । मोहनका जापानी श्रीमती नोरिको पनि आफ़ु यस जीत बाट अति नै खुशो र रमाइलो भएको अभिव्यक्ति दिदै जापानवासी नेपाली र संचारकर्मी हरुलाई धन्यवाद दिईन । यस विजय संगै मोहन को चर्चित खेलाडी हरु संग भिड्ने ढोका खुलेको छ । तपाईं को अर्को प्रतियोगीता कहा र कहिले हुन्छ ? भन्ने संचारकर्मी को प्रश्नको जवाफ त्यसको अझै आधिकारिक जानकारी नआएको तर आजको विजयले आफु गौरावान्दित भएको भन्दै खुशी व्यक्त गरे ।