न्युजिल्यान्डका बलर टिम साउदी टी–१० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५० विकेट लिने पहिलो खेलाडी

Everest Fuji News २०८० पुष २७ मा प्रकाशित       Published at 2024 Jan 12


काठमाण्डौ /


न्युजिल्यान्डका  बलर टिम साउदीले पाकिस्तानसँगको पहिलो टी–२० खेलमा कीर्तिमान बनाएका छन् ।

न्युजिल्यान्डका तीव्र गतिका बलर साउदी टी–१० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् । साउदीभन्दा पछि बङ्गलादेशका शाकिब अल हसन र अफगानिस्तानका राशिद खान रहेका छन् । शाकिबले १ सय ४० र राशिदले १ सय ३० विकेट लिएका छन् ।

आज भएको पहिलो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हराउँदा टिम साउदीले यो उपलब्धि हासिल गरेका हुन् । यो खेलमा साउदीले ४ ओभरमा २५ रन दिँदै ४ विकेट लिए ।

साउदीले न्युजिल्यान्डका लागि सन् २००८ मा टी–२० मा डेब्यु गरेका थिए । उनले १ सय १८ वटा टी–२० खेलेका छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.