सन्दीप बलात्कार आरोपमा दोषी ठहरिए, जेलबाहिरै रहेर पुनरावेदन गर्न सक्ने

Everest Fuji News २०८० पुष १५ मा प्रकाशित       Published at 2023 Dec 31


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहरिएसँगै उनी जेल जाने भएका छन् । तर, उनले जेलबाहिरै रहेर पुनरावेदन गर्न सक्नेछन् ।

सजाय निर्धारणका लागि २५ गते अर्को पेशी तोकिएको छ । उक्त पेशीमा सन्दीपले न्यूनतम ७ वर्ष र अधिकतम १० वर्ष सजाय पाउनेछन् ।

सन्दीपले यो फैसलाको विरुद्धमा उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले जेल नजाँदै पुनरावदन गर्न सक्नेछन् । फैसलाको पूर्णपाठ आएपछि सन्दीपले पुनरावेदनको मौका पाउँछन् ।

पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानूनी प्रावधान छ । 

पुनरावेदन गरेपछि त्यसको फैसला नआउञ्जेल उनी जेल जानु पर्दैन । उच्च अदालतले उनलाई निर्दोष ठहर गरेमा जिल्लाको फैसला लागू हुनेछैन ।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.