काठमाण्डौ /
डिफेन्डिङ च्याम्पियन काठमाण्डौ रेजर्स दोस्रो संस्करणको नेपाल सुपर लिगु एनएसएलको एलिमिनेटरबाटै बाहिरिएको छ ।
आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा ललितपुर सिटी एफसीसँगको खेलमा काठमाण्डौ ३–० गोलले पराजित भयो । ललितपुरका इमोह इजेकिलले खेलको ३६ औँ र ५२ औँ तथा पाबा केबेले ४४ औँ मिनेटमा गोल गरे ।
यो जितसँगै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पर्सि बिहीवार पोखरा थन्डर्ससँग खेल्नेछ ।