कर्णाली प्रदेशमा पहिलो पटक वीरेन्द्रनगर स्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माणका लागि २०८० मंसिर १५ गते सम्झौता भइ ०८० चैत ३० गते योजना सम्पन्न गर्ने गरि केपीडीडी कन्ट्रक्सन सुर्खेतले निर्माणको जिम्मा लिएको छ ,खेल मैदानको अभावका खेलाडीहरुले अभ्यासका लागि समस्या झेल्दै आएका थिए ।
अन्तर्राष्ट्रिय अथवा राष्ट्रियस्तरका खेल प्रतियोगितामा सहभागिता जनाउन अभ्यासका लागि खेल मैदान खोज्दै भौतारिनु पर्ने अवस्था अब भने कर्णालीमा अन्त्य हुने भएको छ । १० औंं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भनिए पनि खेलाडीलाई अभ्यासका लागि खेल मैदानको अभाव रहेको छ । यसैलाई मध्यनजर गर्दै कर्णाली मै पहिलो क्रिकेट खेल मैदानको निर्माण हुने भएको हो ।