त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात

Everest Fuji News २०८० कार्तिक १ मा प्रकाशित       Published at 2023 Oct 18


काठमाडौँ :

त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायो ।

यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १र१ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १/१ विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा त्रिदेशीय टी-२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो ।

नेपालले दोस्रो खेल भोलि बिहीवार हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.