टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

Everest Fuji News २०८० आश्विन २९ मा प्रकाशित       Published at 2023 Oct 16


काठमाण्डौ/

 त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

कात्तिकको १ गते बुधवारदेखि शुरु हुने नेपाल, हङकङ र यूएईबीच हुने शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घाइते भएका कारण एसियाली खेलकुद खेल्न नपाएका ललितनारायण राजवंशी टिममा फर्किएका छन् । सन्दीप लामिछानेले भने यसअघि नै प्रतियोगिता नखेल्ने बताइसकेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादव र अविनाश बोहरा पनि टोलीमा छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.