काठमाडौं /
फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल र लाओसले बिहीबार बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीबाट १(१ गोल गरेका हुन् ।
लाओसले खेलको ३३औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर अञ्जन विष्टले खेलको ४८औं मिनेटमा हेडमार्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याए ।