चीनमा जारी एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो

Everest Fuji News २०८० आश्विन १६ मा प्रकाशित       Published at 2023 Oct 03


काठमाडौं / 


चीनमा जारी एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको छ। भारतसँग २३ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो। मंगलबार बिहान सम्पन्न खेलमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट क्षतिमा १७९ रनमात्र बनाउन सक्यो।

पूरै २० ओभर खेल्ने क्रममा नेपालका लागि ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरीले १५ बल खेल्दै सर्वाधिक ३२ रन बनाए। कुशल मल्ल र सन्दीप जोराले २९/२९ रन बनाए। ओपनर कुशल भुर्तेलले २८ रन बनाउँदा करण केसी १८ रनमा अविजित रहे। भारतका लागि आवेश खान र रवी विश्नोईले ३–३ विकेट लिए। यस्तै अर्शदीप सिंह २ विकेट लिँदा साई किशोरले १ विकेट लिए।

यसअघि भारतले २० ओभर खेल्दै ४ विकेट क्षतीमा २०२ रन बनाएको थियो। टस जितेर ब्याटिङ थालेको भारतका लागि यशस्वी जैसवालले ४९ बलमा सतक प्रहार गरे। त्यस्तै रिङ्कु सिंहले १५ बलमा अविजित ३७ रन बनाएका थिए भने रितुराज गाइक्वाड र शिवम दुबेले २५–२५ रन बनाए भने तिलक बर्मा २ र जितेश शर्मा ५ रनमा पेभेलियन फर्किएका थिए।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.