एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्कियो

Everest Fuji News २०८० भदौ २० मा प्रकाशित       Published at 2023 Sep 06


काठमाडौं :


र नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएका छन्। पाकिस्तान र श्रीलंकाको रंगशालामा पाकिस्तान र भारतसँग एसिया कप क्रिकेट खेलेर  नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएको छ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ। गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए। नेपालका प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएपछि मध्यक्रमका खेलाडीले सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए। श्रीलंकाको पाल्लेकेल रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै ४८.२ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल खडा गरेको थियो।२ सय ३१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको भारतले नेपाललाई १० विकेटले हरायो। २.१ ओभरमा १७ रन बनाएको अवस्थामा भारी वर्षा भएपछि खेल करिब दुई घण्टा रोकिएको थियो। वर्षा रोकिएपछि पुनः खेल सुचारु भएको थियो। डकवर्थ लेबिस नियमका आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो। १ सय ४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा पूरा गरेको थियो।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.