रेसुङ्गा बिमानिस्थलमा जेठको अन्तिम साता उडान भएकोमा त्यसयताा उडान नै हुन सकेन

Everest Fuji News २०८० भदौ ११ मा प्रकाशित       Published at 2023 Aug 28


 गुल्मी

 गुल्मीको रेसुङ्गा बिमानिस्थल विगत दुई महिनादेखि उठान नभएका कारण ठप्प रहेको छ । गत वैशाख अन्तिम साताबाट उडानको अनुमति पाएको रेसुङ्गा बिमानिस्थलमा झण्डै एक महिना उडान भयो । त्यसपछि जेठको अन्तिम साता उडान भएकोमा त्यसयताा उडान नै हुन सकेको छैन ।

बिमानिस्थलमा बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान अनुमति पाएपनि शुक्रबार मात्रै उडान भएको थियो । तर मौसम खराबीको कारण सोही उडान पनि दुई महिनादेखि बन्द छ । बिमानिस्थलमा पछिल्लो पटक काठमाडौबाट रेसुङ्गाका लागि असार ६ गते उडान भएपनि तर खराब मौसमका कारण जहाज बीच बाटोबाटै काठमाडौ फर्किएको थियो । त्यसपछि भने कुनै उडान भएको छैन ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः४५ बजे उडान गर्ने समय तालिका रहेको छ । तर उडान गर्ने बिहानी समयमा विमानस्थलमा बादल लागेका कारण उडानमा समस्या भएको विमानस्थलका वरिष्ठ अधिकृतले बताइन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.