आज नेपालले दोस्रो खेल अमेरिकासँग खेल्दै

Everest Fuji News २०८० असार ५ मा प्रकाशित       Published at 2023 Jun 20


 अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।अमेरिकासँग आज हुने खेल जितेमा सुपर सिक्समा पुग्ने नेपालको संभावना कायमै रहने छ । वेस्ट इन्डिजसँग पराजित भएको अमेरिकालाई पनि बाँकी खेल जित्नै पर्ने दवाव छ । नेपालले आफ्नै समूहमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्वपूर्ण छन् ।जिम्वाबेविरुद्ध पराजित हुँदा पनि राम्रो प्रदर्शन गरेको अमेरिकालाई पराजित गर्ने विश्वास नेपाली टोलीको छ । छनोट अन्तर्गत नै नेपालले असारकै ७ गते वेष्ट इन्डिजविरुद्ध खेल्नेछ भने असार ९ गते नेदरल्याण्डस विरुद्ध खेल्नेछ ।सबै खेलहरु नेपाली समय अनुसार अपरान्ह पौने १ बजे शुरु हुनेछ । सहभागी १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ‘ए’ मा नेपालसहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका र वेस्टइन्डिज छन् ।समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुदैछ ।
 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.