नेपाली राष्ट्रिय फुटबल टिमका दुई सदस्य सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसी भारतमा भइरहेको इन्डियन महिला लिग आईडब्लुएलको सेमिफाइनलमा प्रवेश गरेको छ ।नेपालकै अर्की खेलाडी रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।मंगलबार बिहान भएको पहिलो क्वाटरफाइनलमा किकस्टार्टले होप्स एपसीलाई २-१ ले हरायो ।अहमदावादस्थित ट्रान्सस्टाडियामा भएको खेलमा काभिया पक्किरिसमीले १७औं मिनेटमा गोल गर्दै किकस्टार्टलाई अग्रता दिलाएकी थिइन् ।रेनु रानीले ६२औं मिनेटमा होप्सका लागि बराबरी गोल फर्काएकी थिइन् ।तर किएको एलिजाबेथ काटुङ्ग्वाले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै किकस्टार्टलाई २-१ को जित दिलाइन् ।खेलमा सरु र रेनुकाले पहिलो रोजाईमा सुरु गर्दै पूरा समय मैदानमा बिताएका थिए ।क्वाटरफाइनलमा गोल नगरे पनि प्रतियोगिता ६ गोल गरेकी सरु सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा पाँचौ स्थानमा छिन् ।रेखा सम्मिलित स्पोर्ट्स ओडिसा भने इस्टर्न स्वर्टिङ युनियनसँग पेनाल्टीसुटआउटमा पराजित भयो ।निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इस्टर्न स्पोर्टिङ ४-२ ले विजयी भएको हो ।पहिलो रोजाईँमा खेलेकी रेखाले पेनाल्टी प्रहार गर्ने अवसर भने पाइनन् । पहिलो पटक भारतीय महिला लिग खेलेकी रेखाले लिगमा ४ गोल गरेकी थिइन् ।आईडब्लुएल अन्तर्गत मंगलबार नेपाली खेलाडी सावित्रा भण्डारी सम्मिलित गोकुलम केरलाले ओडिसासँग खेल्नेछ भने नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बा रहेको टिम सेथु एफसीले इस्ट बंगालसँग खेल्नेछ ।सेथु र इस्ट बंगालबद्बीको विजेताले सरु र रेनुका सम्मिलित किकस्टार्टसँग सेमिफाइनलमा खेल्नेछ ।