आत्मघाती गोल निर्णायक हुन पुगेपछि गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबको यात्रा १३ औं इटहरी गोल्डकपमा सेमिफाइनलमै टुङ्गियो

Everest Fuji News २०७९ चैत्र १० मा प्रकाशित       Published at 2023 Mar 24



आत्मघाती गोल निर्णायक हुन पुगेपछि गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबको यात्रा १३ औं इटहरी गोल्डकपमा सेमिफाइनलमै टुङ्गिएको छ। इटहरी रंगशाला भएको अन्तिम सेमिफाइलनमा आर्मीका दिपक गुरुङले आत्मघाती गोल गरेपछि चर्च व्बाइजले फाइनलमा स्थान बनाएको हो।
२२ औं मिनेटमा बेम्पाले हानेको फ्रिकिक क्लियर गर्ने क्रममा दिपक गुरुङको हेडर आफ्नै पोष्टको जाली चुम्यो। त्यसपछिको खेलमा दुवै टोलीले केही मुभ बनाए पनि गोल गर्न सकेनन्। जितसँगै चर्च व्बाइजले कम्तीमा ५ लाख रूपैयाँ सुरक्षित गरेको छ।
अब शनिबार हुने फाइनलमा चर्च व्बाइजले डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो हाफमा आर्मीले केही राम्रा मुभ बनाए पनि गोलमा परिणत भएनन्।
शनिबार हुने फाइनलमा चर्च व्बाइजले डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबसँग खेल्नेछ। सगरमाथा पहिलो सेमिफाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्रको चुनौती पन्छाउँदै फाइनल प्रवेश गरिसकेको छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.