गल्कोट स्पोर्ट्स क्लव टोकियोको छैठौं भलिबल प्रतियोगिता स्थगित

Everest Fuji News २०७७ श्रावण २० मा प्रकाशित       Published at 2020 Aug 04



गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले आयोजना गरेको छैठौ भलिबल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ।नेपाली नया बर्ष र क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै आईरहेको भलिबल प्रतियोगिता विश्वभरी फैलिईरहेको कोरोना  भाईरसका कारण नियमित समयमा हुन सकेको थिएन।जापानमा कोरोनाको प्रभाव न्युन हुदै जादा सेप्टेम्बर २ तारिक भलिबल प्रतियोगिता गर्ने घोषणा गरेर आन्तरिक तयारीमा जुटेको क्लवले पुन:जापानमा कोरोना भाईरसको प्रभाव बढ़े संगै प्रतियोगितालाई स्थगित गरेको घोषणा गरेको छ।

  भलिबललाई माया गर्ने भलिबलप्रेमीहरु,क्लवका शुभचिन्तक समेतको सुझावका आधारमा जापानमा कोरोना करीब नियन्त्रणमा आएको र सेप्टेम्बर सम्म अझै सहज हुने पुर्वानुमान गरी प्रतियोगिता घोषणा गरे पनि पुर्वानुमान भन्दा फरक अबस्था आएकाले कार्यक्रम स्थगित गर्नु परेको प्रतियोगिताका प्रचार प्रसार संयोजक हिमाल कंडेलले जानकारी दिए।

पछिल्लो समय जापानमा तिब्ररुपमा कोरोनाको प्रभाव बढेको हुदा प्रतियोगिता स्थगित गर्दा पुगेको असुविधा प्रति क्लवका अध्यक्ष लक्ष्मण कार्कीले क्षमायाचना गर्दै नेपालीहरूको बिभिन्न धर्म-संस्कृति अनुसार परम्परागत रूपमा मान्दै आएको चाडपर्बहरू पनि नजिकिदै आईरहेको परिपेक्षमा पारिवारिक जमघटहरूमा पनि उच्च सतर्कताका अपनाउन तथा जापान स्थित बिभिन्न संघ-संस्था र नेपाली समुदायहरूले गर्ने बिभिन्न कार्यक्रमहरु पनि पुनर्विचार गर्न र उच्च सतर्कता अपनाउनको लागि  हार्दिक अनुरोध समेत गरे।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.