जापानका अमृत गुरुङले ' गुन्सन नेपाली कप' पदक जिताएर ल्याए

Everest Fuji News २०७३ आश्विन २ मा प्रकाशित       Published at 2016 Sep 18


imageअसोज-२ आइतवार, टोकियो। जापानका सफल व्यवसायी तथा खेलप्रेमी अमृत गुरुङको पहलमा दक्षिण कोरियामा भएको फुटबल प्रतियोगितामा २९ प्रतिष्प्रधी समुहलाई पराजित गरी 'गुन्सन नेपाली कप' उपाधीका साथ ३० लाख वन कोरियन नगद पनि आफ्नो समुहमा पार्न सफल भएका छन । यो खेल जापान र कोरियामा भएका नेपाली फुटबलप्रेमी युवा हरुको विशुद्द प्रतियोगिता हो । कोरियाको ३ ठाँउमा बिभिन्न चरणमा नेपाली तथा कोरियन दर्शकहरुको माझ सम्पन्न भएको थियो । हिजो बेलुका मात्रै कोरियाबाट थकित तथा हर्षित मुद्रामा गुरुङले भने ' हामीले हाम्रो आफ्नै पहलमा अन्तरराष्ट्रिय स्तरमा यत्रो विजय हासिल गरेर आयौ, तर जापानबासी पत्रकार, समाजसेवी, तथा राजनैतीककर्मी भनाउदा हरु नतमष्तक भएर बसेको देख्दा अचम्म लागेको भन्दै दुखेसो पोख्नु भएको छ । imageजापानमा बिभिन्न खेल चरणमा छनौट भएका नेपाली युवा खेलाडी हरु १८ जना सहित व्यवस्थापन समितीका ५ जना गरी २३ जनाको टोली यही सेप्टेम्बर १३ मा कोरिया प्रस्थान गरेको थियो भने विजय टोली सहित हिजो जापान फर्की सकेका छन । जापानमा बिभिन्न खेल चरणको छनौटमा ख्याती प्राप्त फुटबलर बसन्त गौचनका भाई भिषण गौचन र सन्तोष साउखोलाले गरेका थिए । उनिहरु क्रमश: मिडफिल्डर र फरवार्डर हुन भने कोरियाको प्रतिष्प्रधामा पनि यही भूमिकामा उनिहरु खेलेका थिए । सन २०१५ मा नेपाल जापान फुटबल क्लब अमृत गुरुङ र लेलिन भट्टचन नेत्रुत्वमा गठन भएको क्लबले गत सालको कोरियामै भएको खेलमा सान्त्वना पुरस्कार लिएर फर्केको तर यसपालिको विजयले थप हौसला मिलेको आयोजक कमिटीको भनाइ छ । खेलाडीहरुका लागि एनआरएन ,जापान र जापानका खेलप्रेमी व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए । image


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.