“स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल"भन्ने मुख्य नाराका साथ सन २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो, जापानले धुर्मुस सुन्तली फाउण्डेशनलाई नेपाली चारलाख पाँच हज़ार सहयोग रक़म गल्कोट समाज चितवनका पदाधिकारी हरुको समन्वयनमा हस्तान्तरण गरेको छ।

स्थापना कालदेखि नै नेपालको राष्ट्रीय खेल भलिबल मार्फत जापानमा रहने खेलाडीहरुलाई एउटै मालामा गास्ने कार्य गर्दै आएको छ । स्थापना कालदेखि नै निरन्तर खेलकुद क्षेत्र संगै सामाजिक कार्यहरुमा पनि थुप्रै यस्ता आर्थिक सहयोग गर्दै आईरहेको छ।

यसैको निरन्तरता अन्तर्गत गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले धुर्मुस सुन्तली फाउण्डेशन लाई सन २०१७ मा जापान भ्रमणका अबसरमा क्लवको तेस्रो बार्षिकोत्सवमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेशनका लागि क्लबले एकलाख सहयोग स्वरुप हस्तान्तरण गरेको थियो।
प्रत्यक नेपाली नया बर्ष तथा क्लबको बार्षिकोत्सवको उपलक्ष्यमा जापानमा रनिंग कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट हुन आएको मुनाफा बाट खेल संग सम्बन्धित क्षेत्रमा प्रत्यक बर्ष सहयोग गर्दै आएको ।
