टोकियो ।
अगस्त,१० शनिबार ।
हिजो शुक्रबार टोकियो स्थित कोउराकुएन बक्सिंग हलमा भएको प्रोफेसनल बक्सिंगमा नेपाली खेलाडी प्रचण्ड के सी (५३.५कीलो) ले उनका प्रतिद्वन्दी जापानीज खेलाडी युहेइ मुरायामालाई खेलको दोस्रो राउण्डमा नक आउट गरी दोस्रो हुन सफल भएका छन । यद्द्पी उनले जापानको बक्सिंग रींगमा नेपालको झण्डा फहराउन सफल भए ।

साझ ६:४५ मा भएको उक्त खेलमा सधैझै आफ्नो उच्च मनोबलका साथ प्रतिस्प्रधामा उत्रेका केसीले जापानीज प्रतिद्वन्दीलाई दुई राउण्ड सम्ममात्रै टिक्न पनी धौं धौं पारेका थिए । जापानको व्यस्त जीवनशैलीलाई यथाबत राखी बक्सिंग खेललाई समय र प्राथमिकता दिई मेहनतका साथ लागी परेका केसीले “जापानबासी नेपाली शुभे्च्छु तथा संचारकर्मीहरुलाई केसीले हौसला प्रदान गरेकोमा धन्यबाद व्यक्त गरेका छन ।

जापानमा मार्सल आर्ट खेलकुदको माध्यमबाट नेपाल र नेपालीको नाम उच्च राख्ने सँघर्षरत खेलाडीहरुमा टोकियोमा प्रचण्ड केसी , नागोयामा अबिरल घिमिरे नाम अगाडी रहेको छ । घिमिरेले पनि एक महिना पहिले नागोयामा प्रतियोगिता जित्न सफल भएका थिए ।

