अन्तर्राष्ट्रिय जुनियर कोपा पुमा टोरेरोस फुटवल प्रतियोगिताका नेपाली बाल खेलाडीहरुलाई जापानमा भव्य स्वागत - नेपालको पहिचान भन्दै नेपाली समुदायले दिल खोलेरै स्पोन्शर गरे - 
शिर्ष स्थानमा म्याग्दी मोना,जापान

Everest Fuji News २०७५ चैत्र १३ मा प्रकाशित       Published at 2019 Mar 27


प्रेमिला गौचन , टोकियो , जापान । मार्च २८ । यहि मार्च २९ देखि तीन दिनसम्म हुने अन्तर्राष्ट्रिय जुनियर कोपा पुमा टोरेरोस फुटवल प्रतियोगितामा भाग लिन आएका नेपाली बाल खेलाडीहरुलाई सधैं झै यस वर्ष पनि जापानमा नेपाली तथा जापानी समुदायले भव्य स्वागत गरेको छ । स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका तृतीय सचिव प्रेम बराल तथा विषेश अतिथिमा एनआरएन जापानका उपाध्यक्ष सरोज कुमार खत्री विषेश आतिथ्यमा नेपालबाट अस्ती मात्रै (मार्च २६) मा आएका १२ जना बाल खेलाडीसहित १ प्रशिक्षक , १ म्यानेजर र १ संचारकर्मीसहित १५ जनाको टोलीलाइ स्वागत तथा सम्मान गरेको हो । जापानमा विगत २०१६ सालदेखी वर्षेनी १२ वर्ष भन्दा मुनिका बाल फूटबल खेलाडीहरुलाई पुर्व राष्ट्रिय खेलाडी तथा जापानी बाल खेलाडी प्रशिक्षक बसन्त गौचन तथा प्रकाश तुलाचनको नेत्रुत्वमा हरेक वर्ष जापानमा खेल्दै आएका छन ।

यु- १२ मा भाग लिइसकेका रोशन थापा र प्रमिश गुरुङ एन्फा र एफसिमा आवद्द हुन सफल :

यु -१२ मा भाग लिइसकेका बाल खेलाडीहरु एन्फा र एफसीमा आवद्द हुन सफल भएका छन । कक्षा ९ मा अध्य्यनरत हाल उनिहरु काठमन्डौ केन्द्रमा रहेर अन्तरराष्ट्रिय फूटबल प्रतियोगितामा पनि भाग लिइसकेको र अन्य खेलाडीहरु पनि नेपाल तथा साउथ एशिया फूटबल प्रतियोगितामा भाग लिन सफल भइसकेको नेपालदेखी आएका बाल खेलाडी प्रशिक्षक राजेन्द्र तमाङले एभरेष्टफुजिन्युज डट कमलाई बताए । यस वर्ष पनि नेपाली जुनियर फुटबल खेलाडीहरुलाई जापानमा सहभागिता गराउने ब्यवस्था एनपिओ ( गैर नाफा मुलक संस्था) नेपाल युथ सकर प्रोजेक्ट नामक गैर सरकारी संस्थाले गरेको सो सँस्थाका अध्यक्ष समेत रहेका गौचनले बताए ।

टोलीको स्वागतमा यहि मार्च २७ तारिख बुधबार साँझ शिन ओकुवो स्थित टोकियो रोधीघरमा च्यारीटी डिनरसहितको भेटघाट कार्यक्रम राखिएको थियो ।

नेपालको पहिचान भन्दै नेपाली समुदायले दिल खोलेरै स्पोन्शर गरे - शिर्ष स्थानमा म्याग्दी मोना,जापान

म्याग्दी मोना जापानले बाल खेलाडी प्रोत्साहन स्वरुप सबै भन्दा बढी १० मान ( करिव नेपाली एक लाख रुपैया ) स्पोन्शर गरेको छ| सस्थाका संरक्षक ददिवाल खड्का तथा उपाध्यक्ष सचिन श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

त्यस्तै थकाली सेवा समिती जापान र याताइमुरा रेस्टुरेन्टले पनि ५ ,५ मान सहयोग गरेको छ । ५ मान सहयोग गर्नेमा ८ समुहले प्रतिवद्दता जनाएको तर नगद अझै आउनेक्रममा भएकोले सबै भुक्तानी भईसके पछी मात्रै जानकारी दिने आयोजक प्रकाश तुलाचनले जनाए । सहयोग गर्नेमा जापानिहरु पनि भएको उनले थपे ।

त्यस्तै व्यक्तिगत सहयोग गर्नेमा पुर्व भलिवल खेलाडी तथा निवर्तमान तमुधी जापानका अध्यक्ष श्री गुरुङले २ मान र बहालवाला अध्यक्ष अनिता गुरुङले धिं को नामबाट १ मान र व्यक्तिगत तवरबाट खेलाडिहरुलाई चकलेट पनि बाडिन । प्रती व्यक्ती ५००० एनमा च्यारिटी डिनर राखिएको कार्यक्रममा नेपाली सहित जापानीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । शिजुओका केनको सुसोनो सिटी , शिमोवादा स्थित तोकिनो सुमिका स्पोर्टस् सेन्टरमा हुने प्रतियोगितामा नेपाल लगायत , ब्राजिल , जर्मनी , दक्षिण कोरिया र जापानको जे . लिगका ४० टिमको सहभागिता रहने गौचनले जानकारी दिए । नेपालबाट भाग लिन आउने खेलाडीहरुमा सफल थापा ( कास्की ) , विनय तामाङ ( मकवानपुर ) , अलेक्स पौडेल ( काठमाडौं ) , विश्वास ओझा ( काठमाडौं ) , सरोज दर्लामी ( रुपन्देही ) , बिबिर थापा ( बागलुङ ) , बिशाल बि . क . ( स्याङ्जा ) , बिज्ञ गौचन । ( म्याग्दी ) , समिर गौतम ( अर्घाखाँची ) , आर्यन गुरुङ ( स्याङ्जा ) , सुबिन नेपाली ( कास्की ) र प्रकाश तामाङ ( गोरखा ) रहेका भने प्रशिक्षक राजेन्द्र तामाङ , म्यानेजरकारुपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ र गोल नेपाल डट कमका पत्रकार विक्रम थापा पनि टोलीमा सम्मिलित रहेका छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.