माघ १४ गते सोमवार अधिकाशं मिडियाले नेपाली क्रिकेट टोलीको जितलाई केन्द्रमा राखेर समाचार लेखेका छन। कप्तान पारस खड्काले शतक बनाएपछि नेपालले युएइलाई ४ विकेटले जितेको हो। जितसंगै नेपालले सिरिज २— १ ले जितेको छ। युएइको घरेलु मैदानमा भएको खेलमा नेपालले टस जित्दै फिल्डिङ गरेको थियो। सोमपाल कामीले ४४.४ ओभरमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए। नेपालले २५५ रनको टार्गेट पाएको थियो। कप्तान पारस खड्काले ११५ रन बनाउँदै एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडीको रेकर्ड समेत बनाएका छन।
त्यस्तै पूर्व युवराज पारस शाह हृदयघात भएर अस्पताल भर्ना भएका छन। थापाथलीस्थित नर्भिक अस्पतालको आइसियूमा आज दिउसो उनलाई भर्ना गरिएको थियो। पारसलाई यसअघि दुइपटक हृदयघात भएको थियो।
पहिलोपोस्टले मन्दिरमा पुजाआजापछि पारसलाई हृदयघात, नर्भिकको आइसियूमा भर्ना भनेर समाचार लेखेको छ। पारस आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गर्न पुगेका थिए।
