Everest Fuji News२०७५ माघ ६ मा प्रकाशितPublished at 2019 Jan 20
20th January 2019
पोखरा-आगामी दुई महिनापछि जापानमा यु १२ कोपापुमा टोरेरस अन्तराष्ट्रिय प्रतियोगिताको लागि पोखरामा दोस्रो चरणमा ५० जना खेलाडी छनोट गरिएको छ । पहिलो चरणबाट १०५ जना खेलाडी छनोट गरी प्रशिक्षण गराईएको थियो । अहिले विभिन्न ठाँउका ५० जना खेलाडीहरु प्रशिक्षण रहेको प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । छनोट भएकाहरुलाई विहान र साँझ समय अनुकुल नियमित प्रशिक्षण दिईरहेको छ ।
नेपालको प्रतिनिधित्व गराउने लक्ष्य सहित नेपाल अधिराज्यव्यापी छनोट गरिने प्रशिक्षक राजेन्द्र तामाङले बताए । अन्तिम छनोट पोखरा रंगशालामा हुने छ । अन्य जिल्लाबाट समेत उमेर समूहका खेलाडीलाई अन्तिम छनोटमा समावेश गरेर अन्तिम नामावली निकाल्ने उनको भनाई थियो । ‘अन्तिम नामावलीको लागि जापानबाटै बसन्त गौचनसहितको टोली पोखरा आउने छ ।’ उनले भने—‘त्यसपछि उहाँहरुले छनोट गरेर नेपाली टिमको फाईनल हुने छ । बन्द प्रशिक्षणपछि जापान लैजाने छन् ।’
नेपाली पुर्व राष्ट्रिय खेलाडी समेत रहेको बसन्त गौचन अहिले जापाननमा व्यस्त छन् । उनको उपस्थितिमा अन्तिम नामावली प्रकाशन गरेपछि जापानमो हुने यु १२ अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने छ । जापानस्थित फनरुट्स एकेडेमीका संयोजक समेत रहेको गौचनले नेपाली फुटबलको विकास गर्ने उद्देश्य अनुरुप यु १२ को टोली जापान लैजादैं आएका छन् । एकेडेमीका सञ्चालक जुन हिरानोले गौचनलाई सहयोग गर्दै आएका छन् ।
यु १२ टोली चौथो पटक जापान जाने छ । नेपाली फुटबल खेलाडीलाई अन्तराष्ट्रिय प्लेटफर्म बनाउनको लागि पनि गौचनको यो अभियान प्रभावकारी हुने एएफसी ए लाईसेन्सप्राप्त प्रशिक्षक तामाङले सुनाए । अन्तिम नामावलीसगै आवश्यक कागजपत्र मिलाउन गौचन नेपाल आउने उनको भनाई छ । कोपा पुमा टोरेरोस फुटबल प्रतियोगितामा नेपालसँगै कोरिया, जर्मन, मेक्सिको, इरान, डर्टमुण्ड लगायतका देशबाट सहभागिता रहने छ । गौचनको अभियानलाई युवा व्यवसायी प्रकाश तुलाचनले सहयोगी भूमिका खेल्दै आएका छन् ।