महिला विश्वकप क्रिकेट छनाेट फागुनमा हुँदै, नेपाली टाेली बुधबारदेखि प्रशिक्षणमा

Everest Fuji News २०७५ पुष २ मा प्रकाशित       Published at 2018 Dec 17


आगामी सन् २०२० मा आयोजना हुने आर्इसीसी महिला विश्वकप क्रिकेटका लागि एसिया छनोट आगामी फागुनमा हुने भएको छ। थाइल्याण्डमा आयोजना हुने छनोट खेल फागुन ६ देखि १५ गतेसम्म हुनेछ। छनोट प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, युनाइटेड अरब इमिरेटस्, मलेसिया, कुवेत, चीन र हङकङले प्रतिस्पर्धा गर्नेछन्। राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आर्इसीसी महिला टी–२० विश्वकप छनोट र आर्इसीसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन्। यसैबीच छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला टोलीले बुधबारदेखि प्रशिक्षण शुरु गर्ने नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। शिवाकोटीका अनुसार प्रशिक्षण पछि नेपाली महिला क्रिकेट टिमले थाइल्यान्डमा आयोजना हुने थाइल्यान्ड महिला टी–२० स्मास २०१९ मा सहभागिता जनाउनेछ। थाइल्यान्ड क्रिकेट एसोसिएसनको आयोजनामा हुने प्रतियोगिता जनवरी १२ देखि १८ तारिखसम्म हुनेछ। प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, हङकङ इन्डोनेसिया, मलेसिया, तान्जिनिया, एसएल नाभी, कुवेत र नामिवियाको सहभागिता रहेको छ । थाइल्यान्ड महिला टी–२० स्मासमा नेपालले १२ जनवरीमा तान्जिनियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ। त्यसपछि १४ जनवरीमा नामिवियासँग खेल्नेछ । १५ जनवरीमा इन्डोनेसिया र १६ जनवरीमा कुवेतसँग खेल्नेछ। यो प्रतियोगितालाई आइसीसी महिला एसिया छनोट–२०१९ को छनोट प्रतियोगताको रुपमा हेरिएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.