फुटबल क्लब लेस्टर सिटीका मालिकसहित ५ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु

Everest Fuji News २०७५ कार्तिक १२ मा प्रकाशित       Published at 2018 Oct 29


एजेन्सी- इंग्ल्यान्डको फुटबल क्लब लेस्टर सिटीका मालिकको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। आफ्ना थाई मालिक ६० वर्षीय भिचाई श्रीभादानाप्रभाको हेलिकप्टर दुर्घटनामा शनिबार मृत्यु भएको क्लबले पुष्टि गरेको छ। उनीसहित पाँच जनाको मृत्यु भएको हो।

मृतकहरूमा क्लबकै दुई कर्मचारी नुसारा सुक्नामाई र केभपोर्न पन्पेर, पाइलट एरिक स्वाफर र यात्रु इजाबेला रोजा रहेका छन्। शनिबार राति साढे ८ बजे इंग्ल्यान्डको किङ पावर स्टेडियम नजिक उक्त दुर्घटना भएको हो।

भिचाइ थाई नागरिक हुन्। उनले सन् २०१० मा क्लब आफ्नो स्वामित्वमा लिएका थिए। क्लबले सन् २०१६ मा प्रिमियर लिगको उपाधि उचालेको थियो।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.