काठमाडौं । यु–१९ एसिया कपका लागि बंगलादेश भ्रमणमा निस्केको नेपाली युवा टोलीले आज अफगानिस्तानविरुद्ध खेल्नेछ ।
पहिलो खेलमा भारतसँग १ सय ७१ रनले पराजित भएको नेपाली टोलीलाई अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्न अफगानिस्तानलाई पराजित गर्नुपर्छ । तर पछिल्लो पाँच खेलमा अफगानिस्तानविरुद्ध नेपालको नतिजा राम्रो छैन । सबै खेलमा नेपाल पराजित भएको छ ।
