उत्कृष्ट लयमा रहेको लिभरपूल चेल्सीसँग बराबरीमा रोकियाे

Everest Fuji News २०७५ आश्विन १४ मा प्रकाशित       Published at 2018 Sep 30


इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेको लिभरपूल चेल्सीसँग बराबरीमा रोकिएको छ । १–० ले पछि परेको लिभरपूलका लागि ८९आैँ मिनेटमा ड्यानियल स्टुरिजले गोल गर्दै बराबरी गरेका थिए ।

८६औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका स्टुरिजले ३ मिनेट पछिनै गोल गर्दै लिभरपुलको सम्भावित हार टारेका थिए । २५ औं मिनेटमा एडेन हाजार्डको गोलमा अग्रता बनाएको चेल्सीले अन्त्यतिर अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक बाँड् बाध्य भयो ।

शनिबार रातिको नतिजासँगै प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा छ ।समान १९ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा हुँदा गोल अन्तरका आधारमा लिभरपुल भने दोस्रो स्थानमा रहेको हो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.