पढ्न छोडेर फुटबलर बनेका क्रिस्टियानो रोनाल्डो, कस्तो थियो बाल्यकाल ?
Everest Fuji News२०७५ असार १३ मा प्रकाशितPublished at 2018 Jun 27
काठमाडौं, १३ असार । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो समकालिन फुटब मध्येका उत्कृट खेलाडी हुन् । यती बेला रसिया विश्वकप खेलिरहेका ३३ बर्षिय रोनाल्डोले तीन खेल खेल्दै चार गोल गरेका छन्, र पोर्चुगललाई अन्तिम १६ मा पुराएका छन् । रियल मड्रिडबाट गत सिजन च्याम्पियन्स लिगको चौथो उपाधि जितेका उनले पाँच पटक बालोन डि’ओर हात पारिसकेका छन् ।
२०१६ मा उनले पोर्चुगललाई यूरोकपको उपाधि समेत जिताएका थिए । उनले प्राप्त गरेको सफलतालाई हेर्ने हो भने समकालिन फुटबलमा उनी जत्तिको सफल फुटबलर सायदै अर्को छ । जादुमयी फुटबल खेल्ने रोनाल्डो र सफलता एकअर्काका पर्यावाची हुन् भन्दा फरक नपर्ला । धरैलाई थाहा नहुन सक्छ, उनको बाल्यकाल कस्तो थियो ?
रोनाल्डोकी आमा कुक थिइन्, पिता नगरपालिकामा माली थिए । उनी एक फुटबल टिमका पार्टटाइम किट म्यान समेत थिए । रोनाल्डोका एक दाजु र एक बहिनी छन् । उनको जन्म ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको साओ पेड्रोमा भएको थियो । उनाका पिता रोनाल्ड रिगनको अभिनयका प्रसंसक थिए । पिताले उनको नाम क्रिस्टियानो रोनाल्डो डो सान्तोस एवेरिरो राखी दिए । पिता किट म्यान भएका कारण सानै देखि उनको फुटबलमा झुकाव थियो ।
१९९६ मा उनलाई लिस्बन स्थित स्पोर्टिङ क्लव पोर्चुगल (स्पोर्टिङ सीपी)ले उनलाई ट्रायलका लागि बोलायो । तीन दिनको ट्रायलपछि त्यो क्लवले उनलाई १५ सय पाउण्डमा अनुबन्ध गर्यो । त्यो समयमा रोनाल्डोको उमेर १२ बर्षको थियो । १४ बर्षको उमेरमा उनलाई लाग्यो, म पनि व्यवसायिकरुपमा खेल्न सक्छु । आमाले पनि फुटबलमा ध्यान दिन भन्दै स्कुल छोड्न सुझाइन् ।
१५ बर्षको उमेरमा उनी बिरामी परेर मुटुको अप्रसेन गर्नुपर्यो । ‘विश्वकप खेल्ने हर फुटबलरको सपना हुन्छ । तर, १५ बर्षमा मेरो मुटुको अप्रेसन गर्नु परेको थियो, धेरै समय मैदान बाहिर बस्नु पर्यो । आशंका थियो की म फुटल खेल्न सक्छु की सक्दिनँ,’ उनले भनेका छन् ।
जर्सी नम्बर ७
१७ बर्षको उमेरमा उनको ड्रिबिलिङबाट प्रभावित भएर स्पोर्टिङ क्लवका म्यानेजरलाई युवा टोलीमा समावेश गरे । त्यही बेला उनी अन्डर १६, अन्डर १७ र अन्डर १८ बाट खेल्ने पहिलो खेलाडी बनेका थिए ।
२००३–०४ को सिजनमा उनी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भए, त्यो सम्झौता १.२ करोडको थियो । त्यो बेला उनी इंग्लिस फुटबलका सबैभन्दा महँगा युवा खेलाडी बनेका थिए । म्यानचेस्टरमा उनले २८ नम्बरको जर्सीमा खेल्ने गर्थे ।
महान प्रशिक्षक सर एलेक्स फर्गुसनले उनलाई ७ नम्बरको जर्सी लगाउन सुझाव दिए । त्यो उनका लागि सबैभन्दा ठूलो कुरा थियो । किनकी त्यो समय जर्ज बोस्ट, ब्रायन रोबसन, एरिक केन्टोना र डेभिड बेकहम जस्ता खेला खेलाडी पनि सात नम्बर जर्सी लगाएर खेल्थे । म्यानचेस्टर पछि उनी स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भए, उनी चर्चाको शिखरमा पुगे । अहिले उनी रियल र पोर्चुगलका लागि खेल्छन् ।
भोक विरुद्धको लडाई
जनवरी, २०१३ मा उनलाई सेभ द चिल्ड्रेनले ग्लोबल एम्बेस्डर बनायो । त्यो समय उनले भोक विरुद्धको लडाईमा साथ दिने संकल्प गरेको बताएका छन् । यस्तै पर्यावरण संरक्षणको अभियानमा पनि उनी जोडिएका छन् । नोभेम्बर २०१४ मा फिफाले खतरनाक ‘इबोला’ भाइरसको विरुद्ध जनचेतना फैलाउनका लागि चलाएको अभियानमा उनी पनि सहभागि थिए ।