काठमाडौं- लगातार दोस्रो खेलमा जित निकाल्दै उरुग्वे २०१८ फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। उरुग्वेले समूह 'ए' अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो। यो समूहबाट लगातार दोस्रो जित निकालेको आयोजक रसिया पनि दोस्रो चरणमा पुगेको छ।
