Everest Fuji News२०७५ असार १ मा प्रकाशितPublished at 2018 Jun 15
काठमाडौं - ईरानले मोरक्कोलाई पराजित गर्दै सन् २०१८ को विश्वकपमा एसियाली राष्ट्रको तर्फबाट पहिलो जीत दर्ता गरेको छ ।
कुनै पनि एसियाली राष्ट्रले सन् २०१० पछिको विश्वकपमा हासिल गरेको यो पहिलो जीत पनि हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयको अन्तिम मिनेटमा मोरक्कोले आत्मघाती गोल गरेपछि इरान विजयी बनेको हो ।
फ्रिकिक प्रहारलाई क्लियर गर्ने क्रममा मोरक्कोका अजिज बुहादुजले हेड गर्दै आफ्नै पोष्टमा गोल गर्न पुगे ।
यसअघि, दुवै टोलीले गोलको प्रयास गरे पनि गोल हुन सकेको थिएन ।
समूह बीमा अब इरानले स्पेन र मोरक्कोले पोर्चुगलको सामना गर्नेछ ।