टोकियो ।
बाग्लुङ समाज जापान को आयोजनामा नेपालबाट अन्तराष्ट्रीय तेक्वान्डो खेलना सहभागी हुन आएका खेलाडीहरू लाई नगद, सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको सभापतिमा समाज का अध्यक्ष सिद्धार्थ श्रेष्ठ प्रमुख अथिती प्रवासी नेपाली मंचका कार्यबहाक अध्यक्ष बाबुराम भन्डारी रहनु भएको थियो ।

अथितीहरूमा एन आर एन जापानका प्रबक्ता प्रशु बस्नेत, अन्तराष्ट्रीय नेपाली समाज जापान का अध्यक्ष एवं चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी , कानागावा कम्यूनिटी का अध्यक्ष हरि सापकोटा रूपन्देही समाजका अध्यक्ष पशुपती गिरीको उपस्थिती थियो।
बाग्लुङ समाजका सल्लाहकार दिपेन्द्र केसी दोलखा समाज जापानका उपाध्यक्ष गिर बहादुर तामाङ ,आपचौर समाज जापानका अध्यक्ष महेन्द्र अधिकारी , र नेप्लिज तेक्वान्डो एकेडमी का अध्यक्ष अशोक खड्का ले मनतब्य राख्नु भएको थियो भने स्वर्ण पदक बिजेता बिबेक श्रेष्ठ र कास्य पदक बिजेताहरू अशोक खड्का, सिद्धार्थ प्रधान, चन्दु शाही,तारजन कायत, युकेस थापा मगर र प्रशिक्षक परशु बोहोरालाई नगत पचास हजार सहित सम्मान गरेको छ । कार्यक्रमको उद्घोषण राजु केसीले गरेका थिए ।