तमु धि जापानले खेलकुदमा दिदै आएको मेडिकल एलाउन्स कटौती गर्ने, प्रथम पुरस्कार ५ लाख भन्दा बढी -

Everest Fuji News २०७४ चैत्र २८ मा प्रकाशित       Published at 2018 Apr 11


विगत २ दशक भन्दा पहिले  सँगठित तमु धि जापानले खेलाडीहरुलाई दिदै आएको श्वास्थ्य उपचारमा कटौती गर्ने भएको छ । नेपाल सरकार , खेलकुद परिषदसँग आवद्द जापानमा भात्री संगठन स्थापना भईसकेको अवस्थामा सबै सो क्लबले अध्ययन तथा उपचार गर्ने भएकोले धि लगायत अन्य संस्थाहरुले पनि उपचार खर्च जुटाउन नपर्ने सरोकारहरुले बताए । आगामी १५ तारिख आइतवार धि द्वारा आयोजित " स्वास्थ्य, राष्ट्र र मेलमिलापको लागि खेलकुद "स्लोगन रहेको धिले पत्रकार सम्मेलन गरी 'तेस्रो तमु धि, जापान रनिङ कप२०१८" आयोजना गर्ने कार्यक्रममा   व्यक्त गरेका थिए । सौ  फुट्सल प्रतियोगितामा संयोजक रमेश गुरुङ भएका छन ।   कार्यक्रममा धिका निवर्तमान अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी श्री गुरुङले राज्यले सबै निकायमा पेन्शन, भत्ताको व्यवस्था गरेको तर स्वदेश तथा बिदेशमा राष्ट्रको झन्डा फहराउने खेलाडीलाई सम्बोधन नगर्नु दु:खद भएको र परीणाम स्वरुप जिबिकोर्पार्जनको लागि विदेश पलायन हुन परेको वाध्यात्मक परिस्थितीको व्याख्या गरे । धिको अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न उपाध्यक्ष सौगात गुरुङ र सँरक्षक हर्क गुरुङले खेलको नियम र कार्यतालिका प्रस्तुत गरेका थिए । खेलमा प्रथम पुरस्कार ५ लाख ११ हजार १ सय ११ हजार सहित अन्य पुरस्कारहरु रहेका छन । खेलमा भाग लिन फुकुओका, सिजोउका लगायत अन्य ठाउँ गरी ३२ समुहले भाग लिने भएका छन ।       तेस्रो तमु धीं रनिङ कप २०१८ टाईसिट यस प्रकारको छः समुह ’ए’ राईजिंग नेपाल ‘बि’ राप्ती समाज तमु धीं ‘बि’ फुकुओका एफ सि समुह ’बि’ टोक्यो ब्रदर्स युनिटि एफ सि तामांग युथ सनसाईन एफ सि समुह ’सि’ नर्थन एफ सि व्लु रे ‘ए’ एपेक्स एफ सि राईजिंग नेपाल ‘ए’ समुह ’डि’ नेपाल युनाइटेड रोशी एफ सि सिजोउका गाईज तमु धीं ‘ए’ समुह ’ई’ हाईजिमा एफ सि एल सि ब्रदर नाजी व्रदरहुड एफ सि (ओकिनावा) चिवा एफ सि समुह ’एफ’ व्लु रे ‘वि’ एल जि एसोसिएशन लर्ड वुद्ध एफ सि साईनिंग स्टार एफ सि समुह ’जि’ हेम्जा एफ सि काभ्रेली समाज लमजुंग कालिका हिमालयन शेर्पा समुह ’एच’ गोर्खे एफ सि काल भैरव हिमालयन व्वईज एक्स वगर जापान    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.