वर्षौ देखी थकाली समाज जापानले निरन्तरता दिदै आएको भलीवल खेल , गल्कोट स्पोर्टस क्लबले ऐतिहासिक बनाउने .

Everest Fuji News २०७४ चैत्र २१ मा प्रकाशित       Published at 2018 Apr 04


जापानमा २८ वर्ष अघी स्व डा योगेन तुलाचनको संरक्षकत्वमा  गठित थकाली सेवा समाज जापानले निरन्तरता दिदै आएको भलिबल खेल गल्कोट स्पोर्टस क्लबले ऐतिहासिक बनाउने भएको छ । भलिवल खेल नेपालमा पनि राष्ट्रिय खेल नेपाल सरकारले घोषणा गरे लगत्तै विदेशमा भएका भलिवल प्रेमिहरु पनि जागरुक भएका छन । सँख्यात्मक हिसाबले थकाली जातिको भन्दा गल्कोट्बासिको वाहुल्यता बढी र भलिवल टीम पनि गल्कोट कै बढी हुने भएकोले हामीले निरन्तरात दिदै आएको खेल ३ वर्ष अघी गिरी शेरचन र हिरा शेरचनलाई ( गल्कोट ) मार्फत हस्तान्तरण गरेको थकाली समाज जापानको कथन छ । विगत ३ वर्ष देखी गल्कोट समाज र २ वर्ष देखी तमु धि जापानले पनि भलिवल खेललाई निरन्तरता दिदै आएको छ । समाजको गल्कोट स्पोर्टस क्लबले यही अप्रिल १८ तारिख टोकियो स्थित कामाताको स्पोर्टस सेन्टर हलमा हुन गई गइरहेको योजनालाई मध्यनजर राख्दै शिन ओकुबो स्थित सोलमारी हल परीसरमा पत्रकार सम्मेलन गरेको छ । सो पत्रकार भेट्मा पुरस्कार , खेलाडी तथा दर्शकले पालना गर्नु पर्ने नियम , सहभागी टीमको वारेमा व्याख्या गरेको थियो । क्लबले पहिलो पटक प्रथम पुरस्कार तीन लाख नगद सहित पुरै चादिको रनिङ कप पुरस्कार उपलब्ध गरी भलिवल खेललाई प्रोत्साहन स्वरुप अहिले सम्म कै ठुलो पुरस्कार राशी घोषणा गरेका छ । त्यस्तै अन्य पुरस्कारहरु पनि आकर्षक रहेको जनाएको छ । आकर्षक पुरस्कार सहित विभिन्न ट्रफीहरु प्रदान गरिने क्लबले जनाएको छ । कार्यक्रममा गलकोट समाजका अध्यक्ष नर बहादुर थापा, क्लबका सल्लाहाकार रामकृष्णवम मल्ल , नेपाल भलिवल संगठन संपर्क समिती प्रवासका अध्यक्ष नविन गुरुङ ले पनि जापानमा खेल्दै आएको भलिवल खेलको ईतिहास , औचित्य र भावी रणनितीको वारेमा बोलेका थिए । क्लबका महासचिव लक्ष्मण कार्कीले सन्चालन गरेको उक्त कार्यक्रममा रत्न सिंह बस्नेतले सभापतित्व गरेका थिए । पत्रकारहरुले सोधेको प्रश्नलाई आर्थिक सँयोजक महेन्द्र शाहानी लगायत लोकेश खत्री , भविन थापाले उत्तर दिएका थिए । कार्यक्रम हुने स्थान : ota - ku sports center 1-111-1 Higashi Kamata  संपर्क: 03-5480-6688 पुरस्कार राशीहरु यसप्रकारका रहेका छन । प्रथम : नगद ३० मान , चादिको रनिङ कप र प्रमाण पत्र द्वितिय : २० मान र प्रमाण पत्र लगायत र उत्कृष्ट ५ विधाका खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने क्लबले जनाएको छ । जसमा बेस्ट प्लेयर , बेस्ट डिफेन्सिभ , बेस्ट सेटर , बेस्ट स्पोर्टसम्यानशिप ,भर्सटायल प्लेयर ले सम्मान गर्ने क्लबको योजना छ। समयमा : उद्घाटन समय ९:३० बाट सुरु गरी ४ बजे अन्तिम खेल हुनेछ भने पुरस्कार वितरण तथा समापन समारोह ६ बजे हुनेछ ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.