“स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल "भन्ने मुख्य नारा सहित सन् २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले नेपाली नया बर्ष २०७५ तथा क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा चौथो मैत्रीपुर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ।

स्थापना काल देखि प्रत्यक बर्ष आयोजना गर्दै आएको मैत्रीपुर्ण भलिवल प्रतियोगिता यो बर्ष आगामी अप्रिल महिनाको १८ तारिक बुधबारका दिन टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१हिगासी कामता (Ota-ku Sports Center�1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा गरिने गल्कोट स्पोर्ट्स क्लवका महासचिव लक्ष्मण कार्कीले जानकारी दिए।
प्रतियोगिता बिहान ९ बजे देखि बेलुका ९बजे सम्म संचालन हुने छ।बिगतमा प्रतियोगिता संचालन गर्दा गरेका अनुभवलाई मध्यनजर गर्दै यसपाली अझै भव्य रुपमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष रहेको समेत महासचिवले जानकारी दिए।
प्रतियोगितामा कति टीम सहभागि गराउने र कुन कुन बिधामा पुरस्कार राशी के कति प्रदान गर्ने भन्नेबारे भने पुन:अनलाईन,सामाजिक संजाल मार्फत सार्वजनिक सुचना अथवा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने ब्यहोरा जनाएको छ।साथै उक्त दिन अन्य संघ संस्थालाई कार्यक्रम नजुधाईदिन पनि आयोजक गल्कोट स्पोर्ट्स क्लवले अनुरोध गरेको छ।