बार्सिलोनाका स्टार खेलाडी मेस्सीका दुवै हातमा अवार्ड

Everest Fuji News २०७४ पुष ४ मा प्रकाशित       Published at 2017 Dec 19


बार्सिलोना, पुस ४ । स्पेनिस क्लव बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले एकै दिन दुईवटा अवार्ड हात पारेका छन् । बार्सिलोनामा सोमबार आयोजित अवार्ड वितरण कार्यक्रममा उनलाई दुई अवार्ड प्रदान गरिएको हो ।   मेस्सीलाई सन् २०१६/०१७ सिजनमा स्पेनिस ला लिगा प्रतियोगितामा सर्वाधिक गोल गरेबापत पीचीची अवार्ड प्रदान गरिएको हो । त्यस्तै उनलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरिएको छ । सो अवार्ड ला लिगामा सिजनभर उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ । मेस्सीले गत सिजन ला लिगामा ३४ खेल खेल्दै ३७ गोल गरेका थिए । बार्सिलोनाकै लुइस सुवारेजले मेस्सीकोभन्दा दुई कम अर्थात् ३५ गोल गरेका थिए । बार्सिलोनाकै खेलाडी आन्द्रे इनिएस्टा भने स्पेनको महत्वपूर्ण खेलाडी घोषित भए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.