काठमाडौं, कात्तिक ३० । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अन्तिम छनोट खेलमा आज पेरु र न्यूजिल्याण्ड भिड्दैछन् ।

पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली बन्नेछ । अन्तरमहादेशीय प्ले अफ्को पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।
उता हिजो भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलिया पनि विश्वकपमा छनोट भएको छ ।
पहिलो लेगको खेलमा गोलरहित बराबरीमा चित्त बुझाएको अष्ट्रेलियाले दोस्रो लेगको खेलमा ३-१ को जित हासिल गर्दै रुसको टिकट काटेको हो ।
यो सँगै विश्वकप फुटबलमा एसियाली समूहबाट ५ राष्ट्रले सहभागिता जनाउने भएका छन् ।
यसअघि ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।