इटालीलाई विश्वकपमा छनोट गराउन असफल प्रशिक्षक भेन्टुरा बर्खास्त

Everest Fuji News २०७४ कार्तिक ३० मा प्रकाशित       Published at 2017 Nov 16


एजेन्सी । इटालियन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जियाम पियरो भेन्टुरा बर्खास्तीमा परेका छन् । आगामी वर्ष रुसमा हुने विश्वकपमा इटालीलाई छनोट गराउन नसके पछि इटालीले प्रशिक्षक भेन्टुरालाई बर्खास्त गरेको हो । विश्वकप छानोटको प्ले अफमा स्विडेनसँग समग्रमा १ – ० ले पराजित भएपछि इटालीको विश्वकप यात्रा सकिएको थियो । चार पटकको बिजेता तथा दुइ पटकको उपविजेता इटाली ५९ वर्षपछि विश्वकपमा छनोट हुन् नसकेको हो । टाली सन् १९५८ पछि विश्वकप बाहिर पुगेको हो । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ गरी चार पटक विश्वकपको उपाधि जितेको थियो । यस्तै इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो । इटालीको मुख्य प्रशिक्षक सम्हालेको १७ महिनामै भेन्टुरा बर्खास्तमा परेका हुन् । उनले सन् २०१६ मा इटालियन राष्ट्रिय टोलि सम्हालेका थिए । त्यसबेला ६९ बर्षीय प्रशिक्षक भेन्टुरा एन्टोनियो कोन्टेको स्थानमा आएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.