कोरिया जाने योङमुदो टोलीको बिदाइ

Everest Fuji News २०७४ कार्तिक १६ मा प्रकाशित       Published at 2017 Nov 02


काठमाडौं । मित्र राष्ट्र कोरियामा आयोजना हुने जिन्चेन मार्सल आर्ट योङमुदो मास्टरसिप र जुनियर योङमुदो वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई बुधबार एका कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले नैकापस्थित ब्राइट फ्युचर स्कुलमा बिदाइ गरे । विश्व योङमुदो महासंघको आयोजनामा हुने प्रतियोगितामा नेपाल योङमुदो संघका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा ४१ जना खेलाडी, प्रशिक्षक, संघका पदाधिकारी तथा अफिसयल गरी ७३ जनाको टोलीले सहभागिता जनाउनेछ । अफिसियल टोलीमा राष्ट्रिय खेलकुद परिषद् आर्थिक प्रशासन शाखा प्रमुख कपिलमणि पोखरेल, हरिबहादुर राउत र जनार्दन ढुंगेलसमेत रहेका छन् । कात्तिक १९ देखि २४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित करिब ३२ राष्ट्रको सहभागिता रहने संघका उपाध्यक्ष जनार्दन ढुंगेलले बताए । उक्त च्याम्पियनसिप प्रतियोगिता मात्र नभई विभिन्न देशका सांस्कृतिक आदानप्रदानको कार्यक्रमसमेत रहेको बिदाइ कार्यक्रममा जानकारी गराइयो । टोलीलाई बिदाइ गर्दै सदस्य सचिव विष्टले आधिकारिक रूपमा नेपालको झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै विश्वका ठुला राष्ट्रलाई नेपालले खेलमार्फत मात्र पराजित गर्न सक्ने र त्यसै अनुरूप खेल खेल्दै राष्ट्रको लागि पदक प्राप्त गर्न खेलाडीलाई शुभकामना प्रदान गरे । टोली बिहीबार कोरियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.