टोकियो, जापान ।
तेस्रो सिजोओका इन्टरनेशनल फ्रेन्ड्शिप कराते प्रतियोगिता जापानको सिजोउका केनमा सम्पन्न भएको छ । सो खेलका नेत्रुत्व सुर्य बुढाथोकीले गरेका थिए भने खेलाडीहरुमा कुमार श्रेष्ठ ,राम हरी आले मगर ,बिनिता फुयाल र निशान लामा थिए । उनीहरु खेल सम्पन्न गरी टोकियोमा फर्किएका छन ।
खेल सम्पन्न भए लगत्तै टेलिफोन संपर्कमामा जानकारी गराउदै महिला खुल्ला तर्फ प्रतिष्प्रधिमा बिनिता फुयाल ,भन्छिन " पहिलो र दोस्रो खेल जिते र तेस्रो चरणमा बराबरीमा टुँगे पंछी तेस्रो भए ।" खेलमा तेस्रो स्थान हासिल गरे पनि नियम अनुसार तेस्रो स्थान पाउनेले ट्रफी नपाउने हुँदा यस बिषयमा गुनासो गरेकी छिन ।
२५ राष्ट्रका २०० खेलाडी प्रतिष्प्रधि मध्य नेपालका तर्फबाट ४० वर्ष माथिको ६० केजी तौल समुहको कुमार श्रेष्ठ भने उपाधी रहित भए । त्यस्तै गरी निकै उत्कृष्ट प्रदर्शन गरेका १४ वर्ष मुनी ५५ केजी मुनी तौल समुहका निशान लामाले रजत पद हात पार्न सफल भएको छ ।
सहभागी खलाडीहरु खेल सम्पन्न गरी टोकियोमा फर्केका छन भने केही दिन टोकियोको भ्रमण सके पछी स्वदेश फर्कने जानकारी सो समुहका अगुवा मिलन श्रेष्ठले जानकारी दिए ।